नेपाली (Nepali)

Google अनुवादक हाम्रो वेबपेजको सामग्री बुझ्नलाई प्रयोग गर्न सकिन्छ; यद्यपि, कृपया गलत अनुवादका लागि Penn State Health जिम्मेवार नभएको कुरा ध्यान दिनुहोस्।

हाम्रा सुविधा केन्द्रहरूमा हेरचाह गर्दा सबै बिरामी र आगन्तुकहरूको प्रभावकारी सञ्चारमा पहुँच सुनिश्चित गर्नका लागि Penn State Health प्रतिबद्ध छ। बिरामीहरूले प्रभावकारी ढङ्गले हाम्रा कर्मचारीहरूलाई उनीहरूको चिकित्सा स्थिति, आवश्यकताहरू, इतिहासको स्पष्ट विवरण प्रदान गर्न सकून् र गुणस्तरीय रूपमा बिरामीको हेरचाहका लागि आवश्यक उनीहरूको चिकित्सा स्थिति र उपचार विकल्पहरूका बारेमा हेरचाह टीमको मूल्याङ्कन बुझ्न सकून् भन्ने कुरा सुनिश्चित गर्दै।
Penn State Health मा, तपाईंको चिकित्सा हेरचाहका लागि भाषा सहायता सेवाहरू नि:शुल्क उपलब्ध छन्। तपाईंको प्रमुख भाषा अङ्ग्रेजी बाहेक अरू कुनै साङ्केतिक भाषा छ र तपाईं त्यस भाषामा आफ्नो चिकित्सा आवश्यकताहरूका बारेमा सञ्चार गर्न चाहनुहुन्छ भने कृपया हाम्रो कर्मचारीलाई तपाईंले मेडिकल दोभासेका लागि अनुरोध गर्नुभएको कुराको बारेमा बताउनुहोस्। आफ्नो बसाइको समयमा, हाम्रा कर्मचारीहरूले तपाईंलाई तपाईंको चिकित्सा हेरचाह गर्न निम्नलिखित भाषा सहायता सेवाहरूमा पहुँच प्राप्त गर्न मद्दत गर्न सक्छन्:

  • फोन मार्फत व्याख्या प्रति दिन 24 घण्टा/प्रति हप्ता 7 दिन उपलब्ध छ
  • भिडियो रिमोट व्याख्या 
  • पेशेवर व्यक्तिगत रूपले चिकित्सा दोभासेहरू
  • मेडिकल कागजात अनुवाद सेवाहरू

बारम्बार सोधिने प्रश्नहरू

मेरो मेडिकल व्याख्या वा अनुवाद आवश्यकताहरूका लागि कस्ता भाषाहरू उपलब्ध छन् ?
हामी बोल्ने व्याख्या र लिखित अनुवादमार्फत 150 भन्दा बढी भाषाहरूका लागि भाषा सेवाहरू उपलब्ध गराउँछौँ।

म मेडिकल दोभासेलाई कसरी पहुँच गर्न सक्छु ?
कृपया तपाईं वा एक प्रियजनले मेडिकल दोभासे अनुरोध गर्नुभएको छ कुराको बारेमा हाम्रो कर्मचारीलाई जानकारी दिनुहोस्।के

परिवारको सदस्य वा साथीले मेरो लागि व्याख्या गर्न सक्नुहुन्छ?
Penn State Health ले परिवार/साथीहरू हेरचाह टीमको अभिन्न अंग भएको कुरा मान्छ। यद्यपि, हामी गुणस्तरीय हेरचाह गर्न प्रतिबद्ध छौँ र यो हाम्रो कर्मचारी र बिरामीहरूका बीचको चिकित्सा जानकारीको सही र प्रभावकारी संचार सुनिश्चित गर्नका लागि योग्य र/वा प्रमाणित चिकित्सा दोभासेमार्फत सर्वोतम रूपले प्राप्त गर्न सकिन्छ।